दफा २८
बढुवाको लागि उम्मेदवार हुनलाई चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता
 (१) बढुवाको लागि उम्मेदवार हुन बढुवा हुने पदको श्रेणीभन्दा एक श्रेणी मुनिको पदको लागि तोकिए बमोजिमको शैक्षिक योग्यता र देहाय बमोजिम न्यूनतम सेवा अवधि पुगेको हुनु पर्नेछः-
(क) राजपत्र अनङ्कित पदको निमित्त तीन वर्ष,
(ख) राजपत्राङ्कित पदको निमित्त पाँच वर्ष ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिला, आदीवासी÷जनजाति, मधेसी,
दलित, अपाङ्ग र पिछडिएको क्षेत्रमा स्थायी बसोवास भएका कर्मचारीकोसोसेवा अवधिमा एक वर्ष कम सेवा अवधि भए पनि बढुवाको लागि सम्भाव्य उम्मेदवार हुनेछन्।